बार बार तिमीलाई सम्झिन्न भनेर
बार बार तिमीलाई नै सम्झिन्छु
तिम्रो माया मार्दिन्छु भन्दै
बार बार तिम्रै माया जीवित गर्छु
माया मर्नु र मार्न खोज्नु यौटै हैन रहेछ
हो हामीमा कहिले बिचार मिलेन
हाम्रो बुझाइ र गराईमा यथार्थ मिलेन
कहिले तिम्रो कारण म दुखि भएँ
कहिले मैले तिमीलाई दुखि बनाएँ
तर
प्रेम बिचार र वाद हेरेर गरिंदैन
प्रेम कुनैपनि वाद वा बिचारभन्दा माथि हुन्छ
त्यसैले
आउ मिलेर हाम्रो प्रेमको बिरुवा लाइ
मलजल गरौं , पानि हालौं
केहि सुकेका पात हरु छाट्नु छ
केहि अनावस्यक हाँगाहरु काट्नु छ
तिमीलाई थाहा नै होला
जब मर्न लागेका हाँगा हरु काटेर फालिन्छन
तब नयाँ हाँगा अनि पालुवा पलाउँछन्
जब सम्बन्धमा भ्रम र अहंकार काटेर फालिन्छन
तब सम्बन्धमा नयाँ बिस्वास पलाउँछन्
रुख सुक्नु भनेको मर्नु हैन
सम्बन्ध बिग्रनु भनेको सकिनु हैन
जसरि शिशिर ऋतु मा झरेका पातहरु
ग्रिष्म ऋतु को आगमन संगै बृक्षमा सजिन्छन
त्यसै गरि शंकामा सशंकित माया पनि
सद्भाबको आचरणसंगै जिबनमा फर्किन्छ
सकिएको केहि छैन बिग्रिएको केहि छैन
केवल अलिकति अविस्वासको खहरे बढेको मात्रै हो
जहाँ प्रेमको अनवरत नदि बग्दै सागर बन्छ
त्यहाँ कहिलेकाहीं संकाको सुनामी पनि आउँछ
तर सागर सत्य हो
सुनामी क्षणीक
क्षणीक सुनामी को मारमा
प्रेमको सागर कहिले सुक्दैन
त्यसैले
आउ हाम्रा कमजोरी हरुलाई कम गर्दै
प्रेमको अटुट यात्रा मा गन्तब्य तिर अघि बढौ
माया स्नेह बिस्वासको घर बनाउन
केहि इँटा मा थप्छु
केहि तिमि थप
आउ
हाम्रो सम्बन्ध लाइ सम्बन्ध जस्तो बनाउन
केहि तिमि प्रयास गर
केहि म प्रयास गर्छु
0 comments:
Post a Comment