साथी
छौँ कहाँ आज छैनौँ समीपमा
पुग्नु छ त्यहाँ जे लेख्यो नसीबमा
सम्झेर साथी बच्पनका मित्र
छल्किन्छ छाल हृदयभित्र
दुख्छ मुटु चर्किन्छ छाति
एक थ्यौँ आज कहाँ छौं साथी
के अर्थ जीवनको मित्र नभय
बिर्सुं कसरि त्यो स्वर्णिम समय
एकअर्काका छन् सम्झना हजार
गर्दैछु याद ति बाल मुहार
याद आउँदा साथी आँखा रसिला
बालापनका स्मृति कलिला
न थियो घमण्ड न रिस राग
निस्वार्थ साथ् न कुनै थ्यो माग
त्यो पाखाको दौडाइ त्यो पौडीपोखरी
त्यो मिठो सम्बन्ध भुल्नु कसरी
बालापनको याद र उमंग
सम्झेर मनमा छाउँछ तरंग
फर्काउन मन छ ति दिन पुराना
याँ मान्छे छ कि छैन् पल्टाउँदै पाना
Prakash Dahal
Blog MaintainerA Computer Science 3rd year student studying in Kathmandu University. An open source promoter. Actively took part in volunteering different community activities. A well web developer (PHP, Mysql, CSS,HTML,HTML5).Interested in Android App Development and Java programming, Unity,Networking and Database.
0 comments:
Post a Comment