पछि पछि पर्दै जान्छु जब अघि बढ्छु भन्छु
पहिरो ठुलो आइदिन्छ शिखर जब चढ्छु
गन्तब्यमा पुग्नलाई संघर्ष धेरै गरेँ
झन् झन् धेरै लडीरहेँ बिषयमा गढ्छु भन्छु
सम्बन्ध बन्दा रैछन जिन्दगीमा धेरै धेरै
साइनो फेरी जोडीरहेँ जब जब छाड्छु भन्छु
लड्न तयार बिरहिलाई उठाउने नाटक गरि
उठाउने एउटा आउँछ अब भने लढ्छु भन्छु
बिशेषता नै यहि रैछ बुझ्न गारो जिन्दगीको
किताब नै जलिदिन्छ जब जब पढ्छु भन्छु
पछि पछि पर्दै जान्छु जब अघि बढ्छु भन्छु
पहिरो ठुलो आइदिन्छ शिखर जब चढ्छु
0 comments:
Post a Comment