कंक्रिट सभ्यता

by 9:32 AM 0 comments
त्यो कंक्रिट कंकाल संवेदनाबिहिन उभिरहेछ मृत आत्माहरुको चिहानमाझ ओ मान्छे हेर आफ्नै सिरको टोपी नाङ्गिदै गरेका हिमशृंखलाहरु आफ्नै लाज ढाक्न सक्दैनन् न सक्छन माथि उठ्न डुब्दै गरेका माल्दिभ्सहरु लोयस मैदानजस्तै अनिश्चित भबिस्यप्रति सुसुप्त चाहनाका वियोगान्त कथाहरु सम्साँझै न्याउली गाउंछे पारि क्षीतिजबाट घामले आजलाई बिदाइ गर्छ वायुपंखी घोडामा सबार समय अगाडी बढिरहेछ निरन्तर उता मनभरी चाहनाका अकाल कुसुम फुलाएर फगत अस्तित्व प्राप्तिका लागि अनिश्चित गन्तव्यका गोरेटाहरु नागबेली पर्दै अग्ला सिखरसम्म दुरदेशको जिबन धानिरहेछ्न यता फोस्रा धाक रबाफ र पर्तिस्ठा जोगाउन सभ्यता नामगरी उफ कंक्रिटको सिढी चड्छ मानिस भल्चरहरुको साम्राज्यमा मानब अस्थिपन्जरको रासमा रमाउंदै कानेखुसी गरिरहेका सयल र हुडारहरु खाग गुमाई निस्प्राण सुतेको गैडा सुगन्दबिहिन फूलजस्तै कस्तुरी गुमाएर लढेको मृगमाथी हर्षबढाई गरिरहेका एक बथान गिद्दहरु बिबेकसुन्य ! खै के बुझ्लान र कुहिरोभित्र हराएका हिमाली पाखाभित्ताहरुको सितलहरको पर्दामा हराएका बिशाल फाँटहरुको वास्तविकता ! सगरमाथाबाट बगेका आँसुका भेलहरु कोशी गङ्गा अमेजन हुँदै बिशाल महासागरतर्फ बिलिन हुन्छन तुफानी वेग बोकेर हृदयको क्यानभासमा हरियो प्रकृति पानि रंगले सुसोभित हुन्छ


Ram chandra Timilsina

Wrtier

A Young Writer

Prakash Dahal

Blog Maintainer

A Computer Science 3rd year student studying in Kathmandu University. An open source promoter. Actively took part in volunteering different community activities. A well web developer (PHP, Mysql, CSS,HTML,HTML5).Interested in Android App Development and Java programming, Unity,Networking and Database.

0 comments:

Post a Comment