गजल
अदृस्य छ काँडा यहाँ फुल मात्र देख्छौ तिमि
किन बिर्स्यौ सच्चाईलाइ भुल मात्र देख्छौ तिमि
शरीरको पछि लाग्ने अनगिन्ति मुटुहरु
जबानीको पछि लाग्ने हुल मात्र देख्छौ तिमि
आफ्नै पिडा दुख्छ केवल अरुको छ के नै यहाँ
आफ्नो चोट अनि आफ्नै शुल मात्र देख्छौ तिमि
दुइ दिनको जवानीमा उम्रिएका उन्मातहरु
जवानीमा पलाएका मूल मात्र देख्छौ तिमि
सम्पतिको लेखाजोखा हिसाबकिताब गर्ने तिमि
सानो कुलको परें आफ्नै कुल मात्र देख्छौ तिमि
अदृस्य छ काँडा यहाँ फुल मात्र देख्छौ तिमि
किन बिर्स्यौ सच्चाईलाइ भुल मात्र देख्छौ तिमि
Prakash Dahal
Blog MaintainerA Computer Science 3rd year student studying in Kathmandu University. An open source promoter. Actively took part in volunteering different community activities. A well web developer (PHP, Mysql, CSS,HTML,HTML5).Interested in Android App Development and Java programming, Unity,Networking and Database.
0 comments:
Post a Comment