गजल

by 7:23 PM 0 comments

मनभीत्रका सबै आशा मरेपछि लेख्छु गजल
विवशताको खाल्डो भीत्र परेपछि लेख्छु गजल

विश्वासमा अल्झिरहें चोखो माया पाउँला भनी
आफ़्नालेनै घात धेरै गरेपछि लेख्छु गजल

दुख कति भोग्नुपर्यो समयले चोट दिँदा
दुखाइले सप्तकोशी तरेपछि लेख्छु गजल

जुन मायाको निम्ति आफैं प्राण त्याग्न तयार थिएँ
त्यहि मायाको डेरा अन्तै सरेपछि लेख्छु गजल

सुन्दर निश्चल अनि चोखो मन भित्रको माया मेरो
मारी मुटुभित्रै बिष भरेपछि लेख्छु गजल

मनभीत्रका सबै आशा मरेपछि लेख्छु गजल
विवशताको खाल्डो भीत्र परेपछि लेख्छु गजल

Ram chandra Timilsina

Wrtier

A Young Writer

Prakash Dahal

Blog Maintainer

A Computer Science 3rd year student studying in Kathmandu University. An open source promoter. Actively took part in volunteering different community activities. A well web developer (PHP, Mysql, CSS,HTML,HTML5).Interested in Android App Development and Java programming, Unity,Networking and Database.

0 comments:

Post a Comment