मरिमरि बाँचिएको बिगतको कुरा हो यो
टेक्ने हाँगो भाँचिएको बिगतको कुरा हो यो
सपना देख्नु मात्र थियो निदरिमा तिमीसंग
चाहना यो साँचिएको बिगतको कुरा हो यो
कस्तो माया खोज्दछन खै मतलबी यो दुनियामा
माया मेरो जाँचिएको बिगतको कुरा हो यो
झुठो माया आफ्नो सम्झी बाँच्नु गल्ति मेरै थियो
खुसि हुँदै नाँचिएको बिगतको कुरा हो यो
कोमल मिठो निस्वार्थ लगाएको माया मेरो
भौतिकतामा दांजिएको बिगतको कुरा हो यो
देख्थें प्रेम आँखाभरी दुबो सरी मौलाएको
माला जस्तै गाँसीएको बिगतको कुरा हो यो
उजाड भयो बंगैचा यो हराभरा पिरतीको
मायाप्रेम बाँझिएको बिगतको कुरा हो यो
मरिमरि बाँचिएको बिगतको कुरा हो यो
टेक्ने हाँगो भाँचिएको बिगतको कुरा हो यो
0 comments:
Post a Comment