भयो छोड कुरा गर्न भावनाका सानु
अतीतलाई सम्झाउने सम्झनाका सानु
आधार के नै बाँकी छ र जीवित भन्नलाई
छैन बाँच्ने अंकुर कुनै चाहनाका सानु
सफल हुने रहर छैन न त फुल्नु न त फल्नु
चाहत छैन तिम्रो सुभकामनाका सानु
भाग्यले नै छुटाको हो न दोष तिम्रो न त मेरो
नबन भो पुष्पगुच्छा बाहानाका सानु
याद मिठो छुटेपछि प्यार मिठो धोकापछि
अब तिता सब्द हुन्छन तुलनाका सानु
भयो छोड कुरा गर्न भावनाका सानु
अतीतलाई सम्झाउने सम्झनाका सानु
0 comments:
Post a Comment