पहाड फूटाएर राजमार्ग खोलियोस
खोला खोलामा बत्ति निस्कियोस
गरा गरामा धान उम्रियोस
सर्लाहीको धान मनाङको पेटमा पुगोस
मुस्ताङको स्याउले झापा अगाओस
सगरमाथाको सिरेटो केचानाकल पुगोस
चितवनको न्यानो हुम्ला फैलियोस
ढलेका संरचना नेपालि हातले उठून
पहाड संकटमा पर्दा मधेसी जुटुन
हिमालको घाउमा तराइले मलम लगाओस
माटोको प्रेम जनजनमा छाओस
यहाँ कोठामा हैन पातपातमा बत्ति बल्न सक्छ
काठमान्डौ र बाजुरा जोड्ने रेल चल्न सक्छ
हाम्रा उत्पादनसीलताले समाज रंगित हुनुपर्छ
बिकासको आनन्दले देश तरंगित हुनुपर्छ
चुरेका पहाड बाट खनिज निकालेर अब
सक्दैनौ बिकासका सपना बस्न पालेर अब
परिबर्तनका किरण बोकेर उषा हर बिहानमा
बन्नेछ दुर्तमार्ग अब नेपालकै अभियानमा
रोल्पादेखि मोटर चढ्न दाङ झर्नु नपरोस
औसधि नपायर कुनै नेपालि मर्नु नपरोस
उपकारको भिख लियर हाँस्नु नपरोस
स्वाभिमान गिराएर बाँच्नु नपरोस
स्वाभिमान गिराएर बाँच्नु नपरोस
This comment has been removed by a blog administrator.
ReplyDeleteThanks yar
Delete