कुनै पनी घटना परिघटनाको तात्कालिक मुल्यांकन पक्कै पनी चिरकालसम्म टिक्न सक्ने नतिजा हुनै सक्दैन l सन्दर्भताको बेमिल र बेथितिमा जोडीयको नेपाली राजनीती र यसको कण कण बाट प्रताडीत हामि नेपाली न त राजनीती बाट टाढा रहन सक्यौं न त यसको सामिप्यता नै बनाउन सक्यौं l राज र नीति दुइ सब्द मिलि बनेको यो शब्दले समग्रमा हरेक शब्दकोशमा सकारात्मक रुपमा चित्रित छ तर नेपाली राजनीती केवल शब्दकोशका पानाहरुमा मात्र मनोहर र स्वच्छ छ तर यथार्थमा यसलाई दुर्गन्धित र फोहोरी खेलका रुपमा लिइन्छ l
नेपाली राजनीतिक वृत भित्रका राजनीतीकर्मीहरु जो न त चेतना र आदर्शका संहिता संग परिचित छन , न त जनताका पिडा र कस्ट संग नै परिचित छन , छन् त केवल राजनीतीलाइ अझ फोहोर र दुर्गन्धित बनाउन अब्बल l केहि अपवादलाई छाड्ने हो भने नेपाली जनताको शासनसत्ता लगभग गलत नेतृत्वकै हातमा पुगेको कटु यथार्थ सम्पूर्ण जनतामा बिधितै छ l इतिहासका पाना, सगरमाथाको चुचुरो, बुद्धको भुमी यस्तै यस्तै बाहेक हामी संग गर्व गर्ने आधार हामीले खडा गर्न सकेका छैनौँ l हामीले हाम्रा इतिहासको पानाको कदर गर्न सकेका छैनौँ, सगरमाथा देखाएर शान त गर्छौं तर सगरमाथाको चुचुरो झैं उठ्न सकेका छैनौँ, बुद्धको भुमी त भन्छौँ बुद्धत्वको अनुसरण गर्न चुकेका छौँ, साँस्कृतिक बिबिधताको अहंकार छ हामीलाई तर प्रबर्दनको लागि हाम्रा पाइला अघि सरेका छैनन l नेपाली राजनीतिक वृतका परिघटना र यसका अवयवहरुको गौण बिश्लेषण गर्ने हो भने जुनसुकै कालखण्डमा यसले जन जीवनलाई आक्रान्त बनायको छ र यसलाई टेवा दिएका हामि जनताले नै हो यो नै नमिठो यथार्थ र शास्वत सत्य हो l
राजनीतिलाई निरन्तर चेतना र गतिमा रहिरहने एउटा आदर्शका रुपमा रुपमा लिन सकिन्छ , संसारका धेरै देशहरुमा एउटा सपूतले राजनीतिका फोहोर दाग हटाउने मात्र नभई मुलुक सम्बृद र समुन्नत बनाएका धेरै उदाहरणहरु छन् तर हामीकहाँ छन् त केवल यसको गरिमामा अझै आँच पुर्याएका उदाहरण मात्र l विभिन्न वाद र क्रान्तिका अस्पष्ट कुरा गरेर जनता झुक्क्याउने मात्र काम नेपाली राजनीतिक स्वतन्त्रताको सात दसक सम्म चलिरह्यो ,अनि हामि जति चेतनाको स्तर उकास्दै गयौँ त्यति नै अन्धो भएर एउटा झण्डाको कार्यकर्ता बन्यौँ, नबुझेका लाइ त दोष दिने कुनै स्थान नै छैन किनभने नेपालमा यस्तो जनसंख्या पनी छ जसलाई रुख, सुर्य , हसिया हथौडा जस्ता चुनाब चिन्ह कुन कुन पार्टीको भन्ने पनी थाहा नहोला l तिनीहरुलाई दोष दिनु जायज हुन्न तर जो विवेकशील, चेतनशील अनि शिक्षित भनिएका छन जो समाजबाद, मार्क्सबाद र पुजींवादका मोटा मोटा किताबको पाना संग परिचित छन , तिनिहरुनै सही लाइ सही र गलत लाइ गलत व्याख्या नगरी कुनै झण्डाको अन्ध भक्त भएर तेसैको पछि दौडिएका छन् l पुजींबाद्का ग्रन्थ घोक्नेले भुले कि पुंजिबाद यस्तो ब्यबस्था हो जसमा एउटा शाशक पुँजीपति भएर जन्मिएर त्यो पुँजीलाई विकेन्द्रित गरि समग्रतामा विभाजित गर्न सक्छ , मार्क्सवादको सुरुवात पुंजिबादी ब्यबस्थाबाट अन्यायमा परेकाहरुलाई शोसण र पिडा बाट मुक्त गर्न कार्ल मार्क्स बाट प्रतिपादित सिद्दान्त बाहेक केहि हैन र यो देश काल र परिश्थिति अनुसार परिचालित र अनुसरण गर्ने सिद्दान्त हो भनेर मार्क्सवाद सँग परिचितले भुले , समाजका हरेक ब्याप्त उपलब्धतामा सो समाजका सदस्य र प्रबर्दकको अधिकार रहन्छ भन्ने तथ्य पनी समाजवादका अनुयायीले सम्झन सकेनन l दुखका साथ् भन्नुपर्छ नेपालमा केहि हदसम्म चेतनाको स्तर बढ्नु संगै राजनीतिक नाममा फोहोरी खेल बढेको कटु सत्य हो l
अबको हाम्रो पुस्ताको आबश्यकता कुनै वाद, झण्डाको पछाडी , र कुनै पार्टीको सम्बर्दक बन्नु होइन मुलुकको सर्बोपरि हित र बिकासको खुड्किलो हरु चढ्ने बाहेक अरु कुनै विकल्प हामिसँग छैन l विश्व मानचित्रमा ९३ औँ ठुलो स्थानमा रहेको मुलुकले समुन्नतिको पथमा पनी ९३ औँ स्थानमा नै रहेको भएपनी छाति चौडा हुने थियो होला l तर हामि त बिदेशीको कुनियति र हस्तक्षप बाट कति प्रताडित छौँ त्यो हालसालैको नाकाबन्दीबाट पनी प्रमाणित भैसकेको छ l हामीले राष्ट्रिय एकतालाई बलियो बनाएर, पिछडिएको उत्पादक शक्तिको बिकाश गर्दै समाजको समाजबादी रुपान्तरण गर्दै लैजानु आजको तड्कारो आवश्यकता हो l समकालीन विश्वमा आफ्नो गौरब उँचो राखी पुननिर्माण र नवनिर्माणका कार्यलाइ अगाडी बढाउन सकेनौँ भने हाम्रो सात दसक लामो राजनीतिक स्वतन्त्रतालाइ आउँदो पुस्ताले थुक्ने छन l
रामचन्द्र तिमिल्सिना